भारतमा पछिल्लो २४ घण्टामा चार लाख ३ हजारभन्दा बढीमा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा चार लाख ३ हजारभन्दा बढीमा संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ७ सय ३८ कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १८ लाख ६५ हजार ४ सय २८ परीक्षणमध्ये ४ लाख ३ हजार ७ सय ३८ मा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ४ हजार ९२ संक्रमितको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

भारतमा पछिल्लो पाँच दिन यता दैनिक निरन्तर ४ लाखभन्दा माथि संक्रमित थपिरहेका छन् । गएको बिहीबार सबै भन्दाबढी ४ लाख १४ हजार संक्रमित थपिएका थिए ।

दैनिक ज्यान गुमाउने दर पनि दुई दिनदेखि ४ हजारभन्दा माथि पुगिरहेको छ । हिजो शनिबार ४ हजार एक सय ८७ को ज्यान गएको थियो । यससँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार नाघेको छ ।

हालसम्म भारतमा कोभिड–१९ संक्रमितको संख्या २ करोड १८ लाख पुगेको छ । जसमध्ये एक करोड ७९ लाख संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या ३७ लाख ३६ हजार भन्दाबढी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा ५६ हजार ५ सय ७८ जना संक्रमित थपिएका छन् । त्यसैगरी कर्नाटकमा ४७ हजार ५ सय ६३ जना थपिएका छन् । केरला, उत्तर प्रदेश र तमीलनाडु लगायत राज्यमा पनि संक्रमणको दर उच्च रहेको छ ।

भारतमा अहिले कम्तीमा ५० हजार संक्रमितहरु आइसीयुमा र १४ हजार संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको तथ्याङक भारत सरकारले सार्वजनिक गरेको छ ।

तमिल नाडुमा पनि मे १० देखि २४ सम्मका लागि पुर्ण लकडाउन घोषणा भएको छ । कोभिड–१९ महामारीले भिषण रुप लिएपछि भारतका १४ भन्दा बढी राज्यहरुमा लकडाउन जारी छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);