भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ८३ संक्रमित, चार सय ६० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ८३ संक्रमित, चार सय ६० को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १७ लाख ५५ हजार ३ सय २७ परीक्षणमध्ये ४५ हजार ८३ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमित संख्या तीन करोड २६ लाख ९४ हजार १ सय ८८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा चार सय ६० संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा हालसम्म चार लाख ३७ हजार ८ सय ६० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३५ हजार ८ सय ४० सहित भारतमा हालसम्म तीन करोड १८ लाख ८८ हजार ६ सय ४२ संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा हाल तीन लाख ६८ हजार ५ सय ५८ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६३ करोड ९ लाख १७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);