भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ७६६ संक्रमित, ३८ हजार ९१ संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ७६६ संक्रमित, ३८ हजार ९१ संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाम ४२ हजार ७ सय ६६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १७ लाख ४७ हजार ४ सय ७६ परीक्षणमध्ये ४२ हजार ७ सय ६६ मा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमित हुनेको संख्या तीन करोड २९ लाख ८८ हजार ६सय ७३ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण तीन सय ८ को मृत्यु भएको छ । भारतमा हालसम्म चार लाख ४० हजार ५ सय ३३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ९१ सहित भारतमा तीन करोड २१ लाख ३८ हजार ९२ संक्रमणमुक्त भईसकेका छन् । भारतमा हाल चार लाख १० हजार ४८ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म ६८ करोड ४६लाख ६९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);