पन्जशिरमा ६ सय तालिबान लडाकू मारिएको रेसिस्टेन्स फ्रन्टको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पन्जशिरमा ६ सय तालिबान लडाकू मारिएको रेसिस्टेन्स फ्रन्टको दाबी

एजेन्सी । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिबान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिबान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ ।

‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिबान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टेन्स फ्रन्टका प्रवक्ता फहिम दास्तीले ट्वीट गरेका छन् ।

तालिबानलाई अन्य प्रान्तबाट सामान आपूर्ति गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् । यसैबीच, पन्जशिरका बिभिन्न स्थानमा भूमिगत बिस्फोटक पदार्थ बिच्छाइएकोले फ्रन्टविरुद्ध तालिबानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);