भारतमा पछिल्लो २४ घण्टामा एक लाख १९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख १९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ४ सय २१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय २१ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७४ हजार ३ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने एक लाख १९ हजार ५ सय १ सहित भारतमा जम्मा २ करोड ८१ लाख ६२ हजार ९ सय ४७ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ९ लाख ७३ हजार १ सय ५८ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २५ करोड ४८ लाख ४९ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);