भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार २ सय ८ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ हजार ३ सय ३० संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८१ हजार ९ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने एक लाख ३ हजार ५ सय ७० सहित भारतमा जम्मा २ करोड ८४ लाख ९१ हजार ६ सय ७० ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ८ लाख २६ हजार ७ सय ४० सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २६ करोड ५५ लाख १९ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);