उत्तर कोरियामा खाद्यान्न संकट भएको नेता किमको स्वीकारोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उत्तर कोरियामा खाद्यान्न संकट भएको नेता किमको स्वीकारोक्ति

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो मुलुकमा खाद्यन्नको संकट भएको औपचारिक रुपमा स्वीकारेका छन् ।

नेता किमले शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै देशमा नागरिकहरुका लागि खाद्य अवस्था तनावपूर्ण बन्दै गईरहेको स्वीकारेका हुन् ।

गत वर्ष तुफान ताइफुनका कारण आएको बाढीले खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले खाद्यान्न उत्पादनको लक्ष्य पुरा गर्न असफल भएको उनले बताएका छन् ।

उत्तर कोरियामा खाद्यान्नको मूल्य निकै भएको अन्तराष्ट्रिय साञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ एक केजी केराको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको बताइएको छ ।

उत्तर कोरियाले कोरोना भाईरस नियन्त्रणका लागि भन्दै आफ्नो सीमाहरु बन्द राखेका छन् । सीमा सबै बन्द भएका कारण चीनसँग उत्तर कोरियाको व्यापार ठप्प गरेको छ । उत्तर कोरिया खाद्यान्न, मदखाद र उर्जाका लागि चीन मै निर्भर हुँदै आएको छ ।

आफ्नौ परमाणु कार्यक्रमहरुका कारण पर्दै आएको अन्तराष्ट्रिय प्रतिबन्धहरुका कारण पनि चीन समस्यामा पर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);