उत्तर कोरियाका नेता किम जोङ–उनद्वारा गम्भीर संकटका लागि तयार रहन देशबासीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

उत्तर कोरियाका नेता किम जोङ–उनद्वारा गम्भीर संकटका लागि तयार रहन देशबासीलाई आग्रह

एजेन्सी, २७ चत । उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकटका लागि तयार रहन आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय समुदायले उत्तर कोरियामा गम्भीर खाद्य संकट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिइरहेको बेला किमले यस्तो आग्रह गर्नुभएको हो ।

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै नेता किमले अप्ठ्यारो संकटको अवस्थालाई सन् १९ सय ९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेको बताइएको छ । कोरोना भाइरसका कारण उत्तर कोरियाले सीमा बन्द गर्दा चीनसँगको व्यापार तथा आयात–निर्यात ठप्प प्रायः छ ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप संकटपूर्ण बनेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

नेता किमले पार्टी कार्यकर्ताहरुलाई अर्को निकै संकटपूर्ण ‘अर्डूअस मार्च’ बाट जोगिनका लागि तयार रहन भन्नु भएको छ । उत्तर कोरियामा सन् १९९० दशकको भोकमरीलाई ‘अर्डूअस मार्च’ का रुपमा लिइन्छ । उक्त भोकमरीका कारण उत्तर कोरियामा झण्डै ३० लाखको ज्यान गएको अनुमान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);