पुटिनसंगको शिखर वार्ताका लागि किम जोङ उन रुसमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुटिनसंगको शिखर वार्ताका लागि किम जोङ उन रुसमा

एजेन्सी, ११ बैशाख । उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको शिखर वार्ताका लागि बुधवार रुस पुगेका छन् । रुसी राष्ट्रपतिसंग किमको पहिलो वार्ता हुन लागेको हो । उनीहरुबीच तटिय शहर भ्लाडिभोस्तोकमा बिहिवार वार्ता हुदैछ ।

वार्तामा कोेरियाली प्रायद्विपको आणविक समस्याका विषयमा छलफल हुने क्रेमलिनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंगको वार्ता विफल भएपछि किमले रुसको समर्थन खोजेका छन| । प्योङयाङले मुलुकको आर्थिक भविष्यका लागि अमेरिकासंग मात्र निर्भर नभएको देखाउनका लागि वार्ता उपयोग गर्ने अवसर बनेको विश्लेषण गरिएको छ ।

किमले आफ्नो मुलुकमाथिको अन्तराष्ट्रिय प्रतिबन्ध सहज बनाउन मस्कोमाथि दबाबका लागि प्रयास गर्ने अनुमान गरिएको छ । रुसका लागि भने उत्तरसंगको वार्ता कोरियाली प्रायद्विपमा आफु पनि महत्पूर्ण शक्ति रहेको देखाउने अबसर ठानिएको छ । अमेरिका र चीनजस्तै रुसले पनि आणविक राष्ट्रको रुपमा उत्तर कोरियालाई असहज मान्दै आएको छ ।

किम नीजि रेलमा रुस गएको उत्तर कोरियाली संचारमाध्यमहरुले जनाएका छन । रुस पुग्दा उनलाई त्यहाँ भब्य स्वागत गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);