बाढीमा परी ६० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाढीमा परी ६० जनाको मृत्यु

siril-south-africa

काठमाडौं, १२ बैशाख । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी ६० जनाको मृत्यु भएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरूका भारी वर्षा भएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरू प्रभावित भएका हुन् । लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान पनि गरेका छन् ।

यस बाढी र पहिरोमा परी मंगललबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो संख्या ६० पुगेको हो । यस बाढीका कारण भवन भत्किएका छन् भने विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ। सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);