पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ८ सय ३४ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय ३ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार ३ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने एक लाख ३२ हजार ६२ सहित भारतमा जम्मा २ करोड ८० लाख ४३ हजार ४ सय ४६ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा १० लाख २६ हजार १ सय ५९ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २५ करोड ३१ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);