बाग्लुङमा एउटै विद्यालयका ३९ विद्यार्थीमा देखियो कोरोना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाग्लुङमा एउटै विद्यालयका ३९ विद्यार्थीमा देखियो कोरोना

काठमाडौं । बाग्लुङमा एउटै विद्यालयका ३९ जना विद्यार्थीमा एकैपटक कोरोना संक्रमण देखिएको छ । बाग्लुङ नगरपालिकाको वडा नम्बर–१४ मा रहेको जनताधन माध्यमिक विद्यालयका ३९ जना विद्यार्थीमा एकैपटक संक्रमण पुष्टि भएको हो । विद्यालयका ९० जना विद्यार्थीको नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

उनका अनुसार एक साता अघि गरिएको परीक्षणमा सात जना विद्यार्थीमा कोरोना देखिएको थियो । त्यसपछि सात दिनसम्म विद्यालय बन्द गरेर कन्ट्याक ट्रेसिङमा परेका विद्यार्थीको नमुना परीक्षण गर्दा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

सो विद्यालयमा नगरपालिकाका वडा नम्बर १२, १३ र १४ का विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थीमा संक्रमण देखिएपछि तीन वटा वडालाई शिल गर्न लागिएको पौडेले बताए । ‘सो विद्यालयको प्रभाव क्षेत्र तीनवटा वडा हो, त्यसैले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकमा ती क्षेत्र शिल गर्ने प्रस्ताव लैजाँदै छौँ’– उनले भन्नुभयो ।

एकैपटक धेरै संख्यामा विद्यार्थीलाई संक्रमण देखिएकाले कोरोना समुदायमा पुगेको उनले बताए । संक्रमितमध्ये केही विद्यार्थीमा सामान्य ज्वरो, रुघाकोखी लगायत लक्षण देखिएको भए पनि अन्यको अवस्था भने सामान्य रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);