कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

कञ्चनपुर । कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);