२४ घण्टामा १७ सय ३६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२४ घण्टामा १७ सय ३६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ सय ३६ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ८ हजार ७ सय ३८ पीसीआर परीक्षणमध्ये १७ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३१ हजार २ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);