२४ घण्टामा २६ सय १८ जनामा कोरोना संक्रमण, १४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२४ घण्टामा २६ सय १८ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय १८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ८ हजार ६ सय ६८  पीसीआर परीक्षणमध्ये २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या १४ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार १ सय ३६ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);