उपत्यकामा कम्तिमा चार साता लकडाउन गर्न सरकारलाई सुझावः स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

उपत्यकामा कम्तिमा चार साता लकडाउन गर्न सरकारलाई सुझावः स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा लकडाउन गर्न आग्रह गरेको छ । उपत्यकामा कोरोन संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले कम्तिमा चार साता लकडाउन गर्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको आग्रह कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय हुन सकेको छैन ।

शनिवार अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेकाले त्यस्को प्रभाव नेपाल पनि पर्ने भन्दै तत्काल उपत्यकामा लकडाउन गर्न सरकारलाई सुझाव सीसीएमसीमा दिइएको छ ।

यसबारेमा प्रधानमन्त्रीसंगको ब्रिफिङपछि सरकारले थप आवश्यक निर्णय लिने स्वास्थ्य मन्त्रालय सो्रतले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);