एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

काठमाडौं । काठमाडौं उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

काठमाडौं उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाडौंको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, वाल रोल, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य नीजि अस्पताल भन्दा सर्वसुलभ र सस्तोगरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताए । आफुहरुले स्वयमसेवाको रुपमा स्वास्थ्य केन्द्रको स्थापना गरिको भन्दै उहाँले इच्छुक स्वयम्सेवक आएर काम गर्नसक्ने पनि बताए ।

२०७२ सालको भूकम्पपछि स्वयमसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्थापना भएको एक एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।

यस संस्थाले भूकम्प प्रभावितहरुलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);