गृहमन्त्रीलाई बाल अभियन्ताको सुझाव : बाटोमा निस्किन डर लाग्छ, डर भगाउने कडा कानून चाहियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गृहमन्त्रीलाई बाल अभियन्ताको सुझाव : बाटोमा निस्किन डर लाग्छ, डर भगाउने कडा कानून चाहियो

काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाएकी छन् ।

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाएकी हुन् । समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अपराधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सिकाउन र कडा कानून बनाएर अपराधीलाई कारबाही गर्नुपर्ने बताए ।

प्रहरी हाम्रो साथी भन्ने कुरा बालबालिकालाई बुझाउन आवश्यक रहेको उनको तर्क छ । रेग्मीले भनिन् ‘अहिले त हामी जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा निस्किन डर लाग्छ, यो डर भगाउने गरी सरकारले कडा कानून ल्याएर काम गनुपर्यो ।’

त्यस्तै गृहमन्त्री खाँणले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताए । सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँणले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताए ।

राज्य प्रणालीमा भएका कमीकमजोरीलाई सुधार्दै सुरक्षास्थितीलाई बलियो र सुदृढ बनाउने प्रयासमा सरकार लागेको खाँणको भनाई छ ।

सरकार र नागरिकको हातेमालोले मात्रै यस्ता पीडाबाट मुक्त गर्न सकिने भन्दै मन्त्री खाँणले बालबालिकाहरुका लागि विद्यालयमा सामुदायिक सुरक्षा कार्यक्रम ल्याएको समेत स्मरण गराए । पाठ्यक्रममै यसबाट बच्ने उपाय राख्न सके आउँदो पुस्तामा अपराध मुक्त र सुन्दर नेपाल बन्ने उनको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);