अब काठमाडौंका विद्यालयमा पूर्व–स्वीकृतिबिना प्रवेश नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अब काठमाडौंका विद्यालयमा पूर्व–स्वीकृतिबिना प्रवेश नपाइने

school

काठमाडौं । अब काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुमा पूर्वस्वीकृति बिना कोही पनि प्रवेश गर्न पाइने छैन् । महानगर अन्तर्गतको शिक्षा विभागले सबै विद्यालयलाई पत्राचार गर्दैै विभिन्न संघसंस्थाहरुलाई विभागको पूर्वस्वीकृति विना प्रवेश नगराउन निर्देशन दिएको हो ।

विद्यालयमा धार्मिक संगठन, मानवअधिकार, विद्यार्थी संगठन, बाल अधिकार, एनजिओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चरआदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आएको विभागले जनाएको छ ।

विद्यार्थीहरुलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवान्छित गतिविधिका लागि उस्काउने, शैक्षिक वातावरण खल्बलिने जस्ता क्रियाकलाप भइरहेको गुनासो आएपछि महानगरले यस्तो निर्देशन दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);