कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?

bhadrapur-raktachandan

भद्रपुर, १७ कात्तिक । एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो ।

प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।

सरकारले प्रकाशित गरेको राजपत्रमा प्रतिकेजि ८ सय तोकिएको भएता पनि भारतबाट लुकिछिपि नेपालको वाटो हुदै चीन जाने रक्तचन्दनको मूल्य नेपालको भन्दा कयौँ गुणा वढी भएको जानकारहरु बताउँछन् ।

वन कार्यालय झापाको कार्यकक्षमा थन्किएको रक्तचन्दनको सरकारी भाउ भने १ करोड ८० लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । बरामद गरीएको रक्तचन्दन के गर्ने भन्ने स्पष्ट कानून नभएका कारण समस्या भएको डिभिजन वन कार्यालय विष्णुलाल घिमिरेले बताए । उनले रक्तचन्दन कार्यालयको कोठामा सुरक्षीत रहेको वताउदै सरकारको स्पष्ट नीति नआए चन्दन कोठामा नै सडने अवस्थामा पुगेको बताउँछन ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);