विद्युतीय कारोबार ऐन : अभिव्यक्ति स्वतन्त्रतामाथि तरबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विद्युतीय कारोबार ऐन : अभिव्यक्ति स्वतन्त्रतामाथि तरबार

biddhutiy karobaar yen1

काठमाडौं, ३१ जेठ । युट्युबर प्रनेश गौतममाथि साइबर अपराधको मुद्दा चलाइएसँगै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरेको भन्दै सार्वजनिक वृत्तमा चासो बढेको छ ।

गौतमको पक्राउले मानहानि र साइबर अपराध एउटै विषय होरहोइन भन्ने बहस मात्रै सुरु गरेको छैन, प्रहरीले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जान खोजेको संकेत गरेको शंका पनि उब्जिएको छ ।

मिलन भर्सेस गौतम

हास्यव्यंग्यात्मक सामग्री प्रसारण गर्ने युट्युब च्यानल मिम नेपालमार्फत चलचित्र वीरविक्रम–२ को भिडियो समीक्षा आएलगत्तै निर्माता एवं निर्देशक मिलन चाम्लिङ राईको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले कमेडियन प्रनेश गौतमलाई पक्राउ गर्‍यो ।

एक सातापछि फिल्म निर्माता र निर्देशक राईलगायत टोलीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिने प्रयास गर्‍यो । राईले गौतम फिल्म समीक्षाका कारण नभई मानहानि, गाली बेइज्जत, रंगभेद र अपशब्द प्रयोग गरेकाले पक्राउ परेको दाबी गरे । गाली बेइज्जतीअन्तर्गत जाहेरी नदिई किन विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दिइयो भन्ने प्र्रश्नमा उनले भने, ‘हाम्रो चासो भनेको साइबर अपराध होइन, मानहानि मात्रै हो । प्रहरीमा दिएको निवेदनमा हामीले पाठ मात्रै पढाउन खोजेका हौं । यसलाई ठोक्नैपर्छ, हान्नैपर्छ भन्ने होइन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);