नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह

freinc prime

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गर्नु भएको छ ।

भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटमा दुबै नेताले नेपाल फ्रान्सबीचको ७० वर्ष लामो मित्रतापूर्ण सम्बन्धको चर्चा गर्दै यसलाई अझ बलियो बनाउनु पर्ने विषयमा जोड दिनु भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गर्नु भएको थियो । भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको सराहना गर्नु भएको थियो ।

साथै प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिर्वतनको असरबाट जोखिमा रहेको चर्चा गर्दै जयवायु परिवर्तनको असर कम गर्ने विषयमा फ्रान्सले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । साथै प्रधानमन्त्री ओलीले फ्रान्सेली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको र निम्तो स्वीकार्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिनुभएको थियो ।

प्रधानमन्त्रीले आजै पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गर्नु भएको थियो । सो संग्रहालयमा नेपालबाट हराएका दुईवटा मूर्ति रहेको र त्यसलाई संग्रहालयले प्रदर्शनीबाट हटाएर नेपाललाई फिर्ता गर्न चाहेको संग्रहालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले ती मूर्ति फिर्ता गर्न केही कानुनी समस्या भएको र सो समाधान गरी छिट्टै फिर्ता पठाउने बताएका थिए । यो समाचार आजको गोरखा पत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);