गाईपालनको ‘हब’ बन्दै मेचीनगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

gaibastu

भद्रपुर, ३१ जेठ ।  परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ ।

मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ सालमा स्थानीय युवा निरोज बोगटीले वैदेशिक रोजगारबाट फर्केर आएपछि गाईपालन व्यवसाय शुरु गर्नुभएको थियो । “शुरुमा बोगटीले काम नपाएर गाई पाल्न थालेछ भन्नेहरुले पछि यही व्यवसाय शुरु गर्नुभयो,” उहाँले भन्नुभयो – “दुई–चार लाख कमाउन विदेश जानुपर्दैन मिहिनेत गर्न सक्दा लण्डन, अमेरिका घरमै छ ।”

हाल उहाँले नियोग अभियान कृषि तथा पशुपालन नामक संस्था नै दर्ता गरेर दुई फार्म सञ्चालन गरिरहनुभएको छ जहाँ १५० भन्दा बढी होलेस्टन जातका गाई छन् । उहाँ दैनिक ९०० लिटर दूध बिक्री गर्नुहुन्छ । उहाँकामा १० युवकले रोजगारी समेत पाएका छन् ।

सोही वडाका ४१ वर्षीय केशव सुवेदीको फार्म अवलोकन गर्न आउनेको यतिबेला दैनिक भीड लाग्ने गरेको छ । उहाँले १२० होलेस्टन जातका गाई पाल्नुभएको छ । व्यावसायिक रुपमा बोगटीबाट प्रेरित भएर व्यवसाय सञ्चालन गर्नुभएको सुवेदीले दैनिक ८००÷९०० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । सात वर्ष अघि रु सात लाखबाट शुरु गरिएको गाईफार्ममा हाल रु २ करोड भन्दा बढी लगानी भइसकेको छ ।

“अन्य व्यवसायको तुलनामा गाईपालन उत्तम लाग्छ,” उहाँले भन्नुभयो – “प्रदेश सरकारले दिने अनुदान र दैनिक हुने आम्दानीले पनि जो कोही आर्कषित हुने गरेका छन् ।” उहाँलाई पनि सरकारले आधुनिक तरीकाले फार्म सञ्चालन गर्न साइलेस ९घाँसलाई कुहाएर दाना बनाउने तरीका० मा ७५ प्रतिशत अनुदान दिएको छ । पाँच विघा आफ्नो र १७ विघा थप जग्गा भाडामा लिएर उहाँले घाँसको लागि मकैखेती गर्नुभएको छ ।
बजारबाट किनेको दाना भन्दा कयौं गुणा बढी पौष्टिक तत्व हुने भएको हुँदा उहाँले घाँसको लागि मकै खेती गरेको बताउनुभयो । वार्षिक प्रतिबिघा रु ४० हजारका दरले लिजमा लिएको जग्गाबाट वर्षमा तीन पटक मकै उत्पादन गरेर साइलेस बनाउँदै उहाँले गाईलाई खुवाउँदै आउनुभएको छ ।

उहाँले रातभर गाईलाई आधुनिक गोठमा बाँधेर राख्ने र दैनिक दिउँसो ८ घण्टा बिरुवा घारीमा लगेर खुल्लै छाड्ने गर्नुभएको छ । “सिमेन्टको भूइँ भन्दा माटोमा बस्न रुचाउँदो रहेछ गाईले,” सुवेदी भन्नुहुन्छ – “विभिन्न तालीममा लिएको ज्ञान र गाईफार्म सञ्चालन गरको अनुभव अनुसार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला छाड्ने गरेको छु ।” गोठदेखि १५० मिटरको दूरीमा उहाँले गाईलाई बस्नका लागि तीन कठ्ठा जग्गामा खमारीको बिरुवा रोपर शीतल छहारी समेत बनाइदिनुभएको छ । यो समाचार आजको गोरखा पत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);