‘रातो टिका निधारमा’ भयो प्याकअप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘रातो टिका निधारमा’ भयो प्याकअप

samragi-ankit-rato-nidharma

काठमाडौं, ९ असार । छोटो समयमै फिल्मको छायांकन सक्ने निर्देशक हुन् – अशोक शर्मा । उनले शुक्रबार नयाँ फिल्म ‘रातो टिका निधारमा’ को २९ दिनमै छायांकन भ्याएका छन् ।

क्यामेरा ‘अन’ भएको २९ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक शर्माले जानकारी दिए । झापा र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’ खिच्दै फिल्मको छायांकन सुरु भएको थियो ।

उक्त गीत दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश थियो । रिमेक भर्सनमा भने ‘रातो टिका निधारमा’ का दुई लिड कलाकार साम्राज्ञी आरएल शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । झापामा भब्य सेट खडा गरेर खिचिएको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

निर्देशक शर्मा भने गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको बताउँछन् । फिल्म दशैंमा रिलिज हुँदैछ ।

यो फिल्मबाट निर्देशक शर्माका छोरा अंकितले डेब्यू गर्दैछन् । उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी छिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);