सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’

काठमाडौं। हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो । फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए । ‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);