रोहित र दीपकराजको फिल्ममा ‘गोपी’ निर्देशकको एक्सन-कट ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

रोहित र दीपकराजको फिल्ममा ‘गोपी’ निर्देशकको एक्सन-कट ?

deepakraj giri-rohit adhikari

काठमाडौं, १४ पुस । कमेडी फिल्म निर्माणमा आफूलाई शक्तिशाली साबित गरेका हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले नयाँ फिल्ममा ५० प्रतिशत मुनाफा लिने शर्तमा ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग टिमअप गरेको छन् । पाँचवटा फिल्म सुपरहिट दिएका उनले यस प्रोजेक्टमा न लगानी गर्नेछन् न त पारिश्रमिक नै लिनेछन् ।

फिल्ममा निर्माता अधिकारीको एकल लगानी रहनेछ । फिल्म हिट भएको खण्डमा दीपकराजले नाफाको ५० प्रतिशत हात पार्नेछन् । तर, फिल्मले लगानी पनि सुरक्षित गर्न नसकेको खण्डमा उनको मेहनत बालुवामा पानी हालेझैं हुनेछ । आफ्नो टिमको लोकप्रियतामाथि भरोसा गरेर उनले यो जोखिम उठाएका हुन् ।

चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा दीपकराजकै कथा तथा पटकथा रहनेछ । उनी नै प्रमुख भूमिकामा रहनेछन् । केदार घिमिरे (माग्ने बुढा) पनि फिल्ममा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट हुन बाँकी रहेको निर्माता अधिकारीले बताए ।

फिल्मलाई ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न सक्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ । निर्माता अधिकारीले कुरा भइरहे पनि निर्देशक लामा फाइनल नभइसकेको बताए । उनी भन्छन्, ‘अहिले हामी छलफलमा नै छौं । फाइनल गरिसकेका छैनौं ।’ निर्देशक लामाले पनि अहिले टिमसँग छलफल भइरहेको बताए ।

‘मैले निर्देशन गर्ने पक्का भएको छैन । केही दिनमा कुरा छिनोफानो हुनेछ’, निर्देशक लामाले फिल्मीखबरसँग कुरा गर्दै भने । उनी निर्देशित नयाँ फिल्म ‘गोपी’ माघ १८ बाट प्रदर्शनमा आउँदैछ । उनी माटो सुहाउँदा फिल्म बनाउन सिपालु मानिन्छन् । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);