प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

काठमाडौं। गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा  लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् । नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहुप्रतिभाशाली गायिका समेत हुन् । लामाले हालसम्ममा झन्डै पाँचभन्दा बढी गीत गाइसकेको बताइन् ।  लामाले गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघसंस्थाहरूबाट विभिन्न समेत पाइसकेकी छिन् ।  हालसम्म एक दर्जनौभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उनी बताउँछिन् ।

डेढ दशकदेखि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो…, फुल भनौँ जिन्दगीलाई…, साँचो माया…, कसले बुझ्ने…, चोखो माया जस्ता दर्जनौँ गीच गाएकी छिन् । उनले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबाइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

Leave a Reply