राेमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राेमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

काठमाडौं। अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनिरहेको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।निर्देशक चाम्सले रोमानियामा फिल्मको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी गरे । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तोकिएको छैन । रोमानियाको टेलिभिजनले यो फिल्मको सुटिङलाई प्राथमिकताका साथ प्रसारण गरेको थियो । फिल्मका कलाकार र निर्देशकले रोमानिया टेलिभिजनमा अन्तर्वार्तासमेत दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);