प्रकाशको ‘मन भुल्छ’ चर्चाको शिखर चुम्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

प्रकाशको ‘मन भुल्छ’ चर्चाको शिखर चुम्दै

म्याग्दी । पछिल्लो समयका लोकप्रीय गायक प्रकाश दुतराजको लोक दोहोरी गीत मन भुल्छ ले दर्शक श्रोताको मन जित्दै गएको छ । गीत सावैजनिक भएको १ हप्ता नवित्दै युटुवमा करिव १४ लाख पटक हेरिएको छ भने टिकटकमा पनि भाइरल भएको छ । एउटै टुक्कामा लाख बढिले टिकटकमा भिडियो बनाईसकेका छन । गीतका सवै टुक्काहरुमा टिकटक वनिरहेका छन । छोटो समयमै अत्यधिक रुचाईएको गीत मध्य मन भुल्छ पनि एक हो ।

सृजनामा फरकपन ल्याउन सक्षम गायक दुतराजको मन भुल्छ गीतले माया प्रेमको गहिरो भावलाई प्रकट गरेको छ । विशेषगरि युवा, युवतीको मन जित्ने शव्द तथा संगीतले गर्दा नै गीत टिकटकमा हिट भएको हो ।

माईली ज्यु शिरैमा शिरफुल छ, नलुकाउ मुहारै हेरेरै मन भुल्छ, गीतको मुख्य अंश, थेगोले नै सवैको मन जितेको छ । मन भुल्छ मा गायक दुतराज र शान्तिश्री परियारको स्वर रहेको छ भने गीतको शव्द तथा लय सृजना दुतराजकै रहको छ ।

कृष्ण विकले एरेन्ज गर्नुभएको गीतको अडियो सम्पादन श्यामस्वयत रसाईलीले गरेका छन् । मौसम हिमालीले निर्देशित भिडियोमा गायक दुतराज सहित विजय पुन, रोशनी कार्की, जुना सुन्दास, आयुष्मा कार्की, भूमिका गिरी, सुजल बम, गीता ढुङ्गाना र बाल कलाकार आरुस मानन्धरको अभिनय रहेको छ । गीतको छायांकन अनिल के मानन्धरले गरेका छन् ।

दुतराजका यस अघि बैनी झ्यालैमा, घर कता हो बहिनीको, जाम भो माइली, चोली मैलो भो, लगायतका गीतहरु दर्शक, श्रोताद्वारा अत्याधिक रुचाइएका छन । जसमध्य घर कता हो बहिनीको २ करोड बढि र बैनी झ्यालैमा र जाम भो माइली १ करोड बढि दर्शकहरुले युटुवमा हेरिसकेका छन् ।

यीनै गीतमा समावेश भएका मोडलहरुलाई मन भुल्छमा संगै प्रस्तुत गरेको गायक एवम् सर्जक दुतराजले बताए । काम गरेका आफ्नै युटुव च्यानल प्रकाश दुतराजबाट मन भुल्छ गीत सार्वजनिक भएको केहि दिनमै १४ लाख भ्युज आउँदा गायक दुतराज निकै उत्साहित भएको बताउँछन् ।

पछिल्लो समय मेरा सृजनाहरु मन पराईदिनुभएको छ, मेरा प्रीयजनहरु प्रति आभारी छु गायक दुतराजले भने, “संगीतमा नयाँपन र फरकपन दिने प्रयत्न गरिरहेको छु त्यसैले पनि मेरो सृजना आम श्रोता, दर्शकले रुचाईदिनुभएको छ” । आफ्ना जति गीतहरु चलेका छन सवै सामुहिक कार्यका कारण सफल भएको छ उनले भने ।

गीत चल्नुमा मेरो मात्र भूमिका नभई मेरो टिमको मेहनतको उपलब्धी हो दुतराजले भने । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिएका दुतराज नेपाली लोक संगीतको क्षेत्रमा लोकप्रीय कलाकारको रुपमा पछिल्लो समय स्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);