जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);