उपेन्द्र यादवलाई सिके राउतले दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं, १३ वैशाख । बारा–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले बधाई दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई आज सामाजिक सञ्जालमार्फत बधाई दिंदै राउतले उपनिर्वाचनमा जनमत पार्टीले समेत जनताको अगाध माया पाएको उल्लेख गरेका छन् ।

सांसद राउतले लेखेका छन्,‘निर्वाचन हो, ३४ जना उम्मेदबारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ।’

गत मंसिरमा सम्पन्न निर्वाचनमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदको लागि गत आइतबार उपनिर्वाचिन भएको थियो । एक सांसद पदका लागि यादवसहित जनमत पार्टीबाट शिवचन्द्र कुशहवा, रास्वपाबाट रमेश खरेललगायत ३४ जनाले उम्मेदवारी दिएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);