प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो

काठमाडौं। प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ।

मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सिके नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ।

उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ। यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ। उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);