चर्चित गायक डन वीलीएम्सको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एजेन्सी, २४ भदौ । प्रख्यात अमेरिकी गायक डन वीलीएम्सको शनिबार ७८ वर्षको उमेरमा निधन भएको छ । उनी केही समय यता बिरामी भएर हस्पिटलमा भर्ना भएका थिए ।

वीलीयम्सले आफ्नो संगीत करियरको सुरुवात १९७१ बाट गरेका थिए । उनले निकालेको पहिलो एल्बममा १७ वटा गीत समावेश गरेका थिए । जुन एल्बममा समावेश भएका सबै गीत लोकप्रिय भएका थिए ।

यसै गरि उनले कैयौँ एल्बम निकालेका थिए । जसमध्य गिप्सी वोम्यान, तुल्सा टाइम , यु आर माइ बेस्ट फ्रेण्ड जस्ता गीतहरु अहिले सम्म पनि लोकप्रिय नै छन् ।

उनलाई द जेन्टल जायन्ट भनेर पनि चिनीने गरिन्छ ।

२०१०मा उनलाई म्युजिक हल अफ फेममा सम्मानका साथ राखिएको थियो ।

उता अर्का गाएक ट्रोय जेन्ट्रेको शुक्रबार हेलिकप्टर दुर्घटना परि मृत्यु भएको छ । हेलिकप्टर दुर्घटनामा परी जहाजका पाइलटको पनि मृत्यु भएको थियो । दुर्घटनाको कारण अहिले सम्म पत्ता नलागेको बीबीसीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);