‘बले’का बुवा गायक राजेन्द्रको शव काठमाडौं ल्याइयो, आजै अन्त्येष्टि गरिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

‘बले’का बुवा गायक राजेन्द्रको शव काठमाडौं ल्याइयो, आजै अन्त्येष्टि गरिदै

काठमाडौँ, ३ चैत्र । युरोपमा निधन भएका लोक गायक राजेन्द्र लम्सालको शव आज काठमाडौं ल्याइएको छ। लोकप्रिय कलाकार सागर लम्साल (बले)का बुवासमेत रहेका राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा गत फागुन २३ गते स्पेनमा निधन भएको थियो ।

उनको आजै पशुपतिमा विद्युतीय गृहमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । लम्सालको शव बुझ्न कलाकारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धान्जली दिने कार्यक्रम राखिएको छ ।

राजेन्द्र पहिल्यै देखी बिरामी थिए । अत्यधिक माद्यक पदार्थ सेवन गर्ने केसीको कलेजोले काम गर्न छाडिसकेको थियो । उनलाई पछिल्लो समय पिसाब सम्बन्धि समस्या देखिएको थियो । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् ।

राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ’डोरीको तिन फुदा’, ’वालिङ्ग फिरफिरे’, ’शिरमा रिवन सल्को पछ्यौरी’, ’भिरको टुनि हो’, ’मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ’राईनासकोटको भिर’, ’निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);