भागेश्वर गाउँपालिकामा स्मार्ट कार्डबाट सेनेटरी प्याड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भागेश्वर गाउँपालिकामा स्मार्ट कार्डबाट सेनेटरी प्याड

smart card sanitary pad

बिमल जैरु
डडेल्धुरा, १० जेठ । डडेल्धुरा भागेश्वर गाउँपालिकाले स्मार्ट कार्डबाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन माध्यमिक विद्यालयमा प्रयोगमा ल्याएको छ । महिनावारी हुने छात्राहरुका लागि सहज रुपमा सेनीटरी प्याड उपलव्ध गराउनका लागि प्रविधि जडानले छात्राहरुको पढाईलाई सहज गर्ने विश्वास लिइएको छ ।

डडेल्धुरा भागेश्वर गाउँपालिकाले माध्यमिक विद्यालयमा स्मार्ट कार्डवाट सेनीटरी प्याड निकाल्न सकिने मेशिन प्रयोगमा ल्याएको छ । कक्षा ६ देखि १२ सम्मका किशोरी छात्राहरुको महिनावारीलाई व्यवस्थापन गर्ने लक्ष्य लिई गाउँपालिकाको वडा नम्वर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेनीटरी प्याड मेशिन प्रयोगमा ल्याइएको हो ।

भागेश्वर गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना भागेश्वर शाखाको संयोजनमा करिव ८८ हजार रुपैयाँमा यो मेशिन जडान गरिएको हो । यसबाट सेनटरी प्याड पाईन थालेपछि विद्यालयमा महिनावारी हुँदा विद्यालय छोडेर घर जानु पर्ने वाध्यता हटेको विद्यार्थीले बताएका छन् ।

मेशीनमा स्मार्ट कार्ड छिराएपछि सेनीटरी प्याड निकाल्न सकिन्छ । स्मार्टकाडकाट सेनीटरी प्याड निकाल्दा लाग्ने खर्च गाउँपालिकाले दिने भएको छ । स्मार्टकार्डबाट सेनटरी प्याड निकाल्ने प्रविधि जडानसंगै महिनावारी भएको समयमा पनि सहज रुपमा अध्ययन गर्न सकिने भएकाले यो प्रविधि अन्य विद्यालयमा पनि जडान गर्ने र सेनटरी प्याड निशुल्क हुने गाउँपालिका अध्यक्ष कौशीला भटट्ले बताउनु भयो ।

विद्यालयमै मेसीनबाट सहजै सेनीटरी प्याड पाईने भएपछि महिनावारी हुँदा सेनीटरी प्याडकै अभावका कारण छात्राहरुको विद्यालयमा हुने अनुपस्थितिको अन्त्य हुनुका साथै सरसफाईमा सहयोग पुग्ने विस्वाश लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);