शताब्दीपुरुष सत्यमोहन जोशीले मनाए ९९ औं जन्मदिन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

शताब्दीपुरुष सत्यमोहन जोशीले मनाए ९९ औं जन्मदिन

satyaman-joshi

काठमाडौं, ३० बैशाख । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार आफ्नो ९९ औं जन्मोत्सव मनाएका छन्। ९९ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन आईतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण, शुभचिन्तक, आफन्तहरु पुगेका थिए ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए । उनले जोशीलाई दोसल्ला ओढाई सम्मानका साथ उपहार पनि दिए। ९५ बर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो ।

विक्रम संवत १९७७ बैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन् । तीन पटकसम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव ५० कृति प्रकाशित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);