नेप्से मंगलबार ६ दशमलव ८९ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

 

काठमाडौं, १७ असोज । शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ७ अंकले बढेको छ । दसैँको बिदा पछि मंगलबार खुलेको शेयर बजार ६ दशमलव ८९ अंकले बढेपछि नेप्से १६ सय ५६ अंकभन्दा उकालो लागेको हो । सबै समूहको परिसूचक बढेको दिन सबैभन्दा धेरै जलविद्युत समूह झण्डै ६४ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल २८ दशमलव ५९, बिमा ९ दशमलव २२ र ब्याङ्किङ समूह ५ दशमलव ६६ अंकले बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने १४ करोडको हाराहारीमा खुम्चिएको छ ।

१४ करोड ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेण्ट ब्याङ्कको कारोबार भएको छ । इन्भेष्टमेण्ट ब्याङ्कको शेयर ४ करोड ८८ लाख भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);