क्षतिग्रस्त शिक्षणसंस्थाको पुनर्निर्माण हुननसक्दा पठनपाठन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

क्षतिग्रस्त शिक्षणसंस्थाको पुनर्निर्माण हुननसक्दा पठनपाठन प्रभावित

काठमाडौं, १ माघ । भूकप्म गएको ३३ महिना वितिसक्दा पनि क्षतिग्रस्त शिक्षणसंस्थाको पुनर्निर्माण हुनसकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ६६ प्रतिशत क्षतीग्रस्त विद्यालयको पुनर्निर्माण भएको जनाएको छ । लामो समयसम्म भत्किएका विद्यालय पुनर्निर्माण हुननसक्दा पठनपाठन नै प्रभावित भएको छ ।

विक्रम संवत् २०७२ सालमा गएको विनासकारी भूकम्पले ठूलो संख्यामा जनधनको क्षति भयो । शिक्षण संस्थामा पनि भूकम्पको प्रत्यक्ष असर देखियो । करिब आठ हजार विद्यालय भवनमा क्षति हुँदा पठनपाठन नै प्रभावित भएको हो । सरकारले तीन बर्षभित्र क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गर्ने घोषणा गरे पनि हालसम्म आसातित प्रगति हुनसकेको छैन । अहिलेकै गतिमा काम हुने हो भने विद्यालयको पुनर्निर्माण गर्न ६ बर्ष लाग्ने देखिएको छ । पुनर्निर्माण प्राधिकरणले भने समयमा बजेट उपलब्ध नहुँदा पुनर्निर्माणमा ढिलाई भएको तर्क गर्दै आएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लाका ५ हजार ७ सय ४८ विद्यालय मध्ये ५ हजार ३ विद्यालयहरु क्षतिग्रस्त बनेका छन् । जसका २६ हजार १ सय ६७ कक्षाकोठा पूर्णरुपमा ध्वस्त भएका छन् भने १० हजार ३ सय ८० कक्षाकोठाहरु मर्मत गर्नुपर्ने छन् । शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट उपत्यकाका ६ सय २५ सामुदायिक विद्यालय मध्ये ५ सय सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । पुनर्निर्माणको योजना अनुसार भूकम्प प्रभावित क्षेत्रमा अब बन्ने सबै विद्यालय भवनहरु भूकम्प प्रतिरोधी बन्ने छन् । अपांगमैत्रीसँगै विद्यालय भवनहरु बालमैत्री पनि हुनेछन् ।

तर, भूकम्प प्रतिरोधी भवनमा शैक्षिक गतिविधि संञ्चालन गर्ने अपेक्षामा रहेका विद्यालयहरु भने पुनर्निर्माणमा भएको ढिलाइका कारण अस्थायी टहरामा नै पठनपाठन गराइरहेका छन् । सहज वातावारणमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन सरोकारवाला निकाय जिम्मेवार बन्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);