काठमाडौं, २६ साउन । सांसदहरुले विरुवा संरक्षण मात्रै नभई जंगल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले वन तथा जंगल क्षेत्रको विनास गर्दे विरुवा संरक्षणको विषयलाई मात्रै अघि बढाएर बन संरक्षण गर्न नसकिने भन्दै विरुवा संरक्षण र वन तथा जंगल संरक्षणको अभियान संगसंगै चलाउनुपर्ने आवश्यकता औल्याएका हुन् ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा कृषि तथा पशेपंक्षीमन्त्री चक्रपाणी खनालले विरुवा संरक्षण तथा आयात लगायत विषयमा विधेयमा स्पष्ट व्यवस्था गरिएको स्पष्ट उल्लेख गर्नुभयो ।
सैद्धान्तिक छलफल पछि मन्त्री खनालले पेस गर्नुभएको विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।




