दरबार हाईस्कुल प्रति अभिभावक र विद्यार्थीको मोह घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दरबार हाईस्कुल प्रति अभिभावक र विद्यार्थीको मोह घट्दै

Durbar_high school

कविता कार्की
काठमाडौं, १४ बैशाख
। कुनै बेला दरबार हाईस्कुलमा आफ्ना छोराछोरी पढाउन अभिभावकबीच होडबाजी चल्थ्यो । तर, पछिल्लो समय भने उक्त स्कूलप्रति अभिाभावक र विद्यार्थीको मोह घटेको छ । त्यसैले विगतको तुलनामा स्कूलमा भर्ना हुने विद्यार्थीको संख्या न्यून हुँदै गएको छ ।

यो स्कूलको प्रारम्भ दरबारभित्र भएको थियो । दरबारभित्रकै विद्यार्थीहरुमात्र पढ्ने भएकाले यसको नाम नै ‘दरबार स्कूल’ भएको हो । ३८ वर्षपछि सर्वसाधरणले पनि आफ्ना सन्तानलाई दरबार हाइस्कूलमा पढाउने अवसर पाए । नेपालमा आधुनिक शिक्षाको सुरुवातकर्ता भएकाले दरबार हाइस्कूलमा कुनै समय आफ्ना सन्तान पढाउन जोसुकै पनि लालायित हुन्थे । तर, पछिल्लो समय दरबार हाइस्कूलमा विद्यार्थी घटेका छन् । १०-१५ वर्षअघि यहाँ १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत थिए । तर, हाल विद्यार्थीको संख्या १ सय ८० मै सीमित भएको छ । अझ भर्ना हुन आउने विद्यार्थीको संख्या पनि न्यून छ ।

वैशाख १४ गते नै भर्ना अभियान बन्द गर्ने कानुनी व्यवस्था छ । तर, विद्यार्थीको अभावका कारण दरबार हाइस्कुलले वैशाख मसान्तसम्म नै भर्ना लिने निर्णय गरेको छ । यो स्कूलमा नर्सरी देखि कक्षा १० सम्म भर्ना प्रक्रिया निशुल्क छ ।

कुनै बेला राणा परिवारका सन्तानले मात्रै अध्ययन गर्ने दरबार हाइस्कुल अहिले सबै नेपालीका लागि लागि खुला छ । यहाँ अध्ययनरत विद्यार्थी पनि ऐतिहासिक विद्यालयमा पढ्न पाउँदा गौरवानुभूति भएको बताउँछन् ।

दरबार हाइस्कूल नेपालमा आधुनिक शिक्षाको आलोक छर्ने सुरुवाती संस्था हो । यस्तो ऐतिहासिक विद्यालयको अस्तित्व नै संकटमा देखिएको छ । त्यसैले सरकारले दरबार हाइ स्कूलको अस्तित्व जोगाउन यसको संरचनागत तथा शैक्षिक गुणस्तरमा ध्यान पु¥याउन जरुरी छ । योसँगै सरकारी तथा सामुदयिक विद्यलायको शैक्षिक गुणस्तर बढाउन सके विद्यार्थी भर्ना अभियान पनि प्रभावकारी हुने थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);