मार्तडीको मालिका माविमा विद्यार्थीको चाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मार्तडीको मालिका माविमा विद्यार्थीको चाप

मदन विश्वकर्मा

बाजुरा, ३१ वैशाख । बाजुरा सदरमुकाम मार्तडीमा रहेको मालिका माद्यमिक विद्यालयले अंग्रेजी र नेपाली माध्ययबाट पढाउने गरेपछि विद्यार्थीको चाप बढेको छ ।

विद्यार्थीको चाप बढेपछि भवनको अभावले एउटै कक्षामा १ सय भन्दा धेरै विद्यार्थी राखेर पढाउने गरिएको छ ।

बाजुरा सदरमुकाम मार्तडीमा २०२२ सालमा स्थापना भएको मालिका माद्यमिक विद्यालयमा भौतिक पुर्वाधार अभाव हुँदा पठनपठन प्रभावित भएको हो । विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेकोले विद्यालयमा विद्यार्थीको संख्या धेरै छ।

विद्यालयले अंग्रेजी र नेपाली माध्ययबाट पढाउने गरेकाले विद्यार्थीको चाँप बढेको हो । भवनको अभावका कारण विद्यार्थीहरुलाई चौरमा राखेर पढाउने गरिएको छ ।

सरकारले सामुदायिक विद्यालयमा ४० जना विद्यार्थीहरु बराबर १ शिक्षकले पढाउनु पर्ने प्रावधान तोकेको छ । तर सो विद्यालयमा भने विद्यार्थीको चाप र भौतिक पुर्वाधार अभावका कारण १ शिक्षककले १ सय भन्दा धेरै विद्यार्थीलाई पढाउन बाध्य छन् । धेरै विद्यार्थी भएपनि विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको छ ।

विद्यार्थीको संख्या धेरै भएपछि शिक्षकहरुको पनि अभाव भएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ र प्राविधिकतर्फ पढाइ हुने गरेको छ । विद्यार्थी धेरै र शिक्षक थोरै भएकाले पढाउन कठिन भएको छ । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेकाले भवन बनाउन र शिक्षकको संख्या थप गर्न सरोकारवाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);