परिणीति र राघवको इन्गेजमेन्टमा प्रियंकाले लगाइन् रफल साडी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

परिणीति र राघवको इन्गेजमेन्टमा प्रियंकाले लगाइन् रफल साडी

एजेन्सी, ३१ वैशाख । ब्यूटी क्वीन प्रियंका चोपडाले आफ्नी बहिनी परिणिती चोपडा र ज्वाइँ राघव चड्ढाको इन्गेजमेन्टमा निकै महँगो साडी लगाएकी थिइन् ।

बलिउड अभिनेत्री परिणिती र राघवले भव्य पार्टीमा इन्गेजमेन्ट गरेका छन् । बहिनी प्रियंका चोपडा पनि बहिनीको इन्गेजमेन्टका लागि विदेशबाट पुगेकी थिइन् ।

प्रियंका आफ्नी बहिनी परिणिती चोपडा र राघव चड्डाको इन्गेजमेन्टमा निकै राम्रो लुगा लगाएर पुगेकी थिइन् । उनले स्टाइलिस प्लस पारम्परिक लुक बोकेकी थिइन् ।

प्रियंकाले आफ्नी बहिनीको सगाईको लागि लाइम हरियो रफल साडी लगाएकी थिइन्, जुन उनले स्ट्र्यापलेस ब्लाउजसँग जोडिन्।

प्रियंकाले हिराको हार र लटकन लगाएर आफ्नो लुक पूरा गरिन् । खुला कपाल र न्यूनतम मेकअपमा उनी अचम्मको देखिइन् ।

यद्यपि प्रियंकाको समग्र लुक अचम्मको थियो तर यो साडीको मूल्य थाहा पाएपछि तपाई पनि छक्क पर्नुहुनेछ ।

प्रियंकाको यो साडीको मूल्य ७८,७०० भारु रहेको थाहा पाएर तपाई छक्क पर्नुहुनेछ । यो साडी मिश्रु ब्रान्डको आधिकारिक साइटमा पनि उपलब्ध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);