परराष्ट्र नीति र कुटनीतिक मर्यादा विषय विवादित बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

परराष्ट्र नीति र कुटनीतिक मर्यादा विषय विवादित बन्दै

kutniti maryada

सीता शर्मा

काठमाडौं, १२ असोज । नेपालको परराष्ट्र नीति र कुटनीतिक मर्यादा कायम हुन नसकेको विषय निकै विवादित बन्दै गएको छ । कुटनीतिक मर्यादा विपरीत विदेशी पाहुना र राजदुतहरुबाट हुने खुलेआम राजनीतिक गतिविधि बारम्बार चर्चामा छ ।

राजदूतका रुपमा आउने विदेशी पाहुनाहरुले शीर्ष तहका नेताहरुसँग गर्ने भेटघाट र हाम्रा शीर्ष नेताहरु राजदूत तथा दुतावासका विदेशी प्रतिनिधिसँग सजिलै भेटघाटका लागि उपलव्ध हुनुले कुटीनीतिक मर्यादा के हो ? र कस्तो हुनुपर्छ भन्ने प्रश्न यहाँ बारम्बार उठिरहेको छ । कुटनीतिक मर्यादाको विषयले राजनीतिक दलका हाम्रा नेताहरु बारम्बार आलोचित हुँदै पनि आएका छन् ।

विदेशी पाहुना आउदा होस् या राजदुतहरुसंगको भेटघाटमा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक दलका शिर्ष नेताहरु प्रोटोकलको ख्यालै नगरी राजदूतावासदेखि होटल धाउने गरेको विषय आलोचनाको घेरामा छ । तर, वर्षाेदेखि हुँदै आएको यो आलोचनालाई नेपालका राजनीतिक दल तथा तिनका नेताहरुले सञ्चाउन सकिरहेका छैनन् । कुटनीतिक मर्यादा विपरीत राजदुतदेखि अन्र्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधिसंग गरीने भेटघाटले नेपालको परारष्ट्र नीतिलाई नै खिल्ली उडाउने गरेको छ । अहिले नेपालमा छिमेकी राष्ट्रहरुबाट लगातार भ्रमणहरु भइरहेका छन् । ति भ्रमणमा प्राटोकलको ख्यालै नगरी नेपालका पूर्वप्रधानमन्त्रीदेखि शिर्षस्थ नेताहरुमा होटल होटलमा गोप्य भेटघाट भइरहेको छ ।

खासगरी नेपालमा अमेरीकी राजदुत र भारतीय राजदुतको यस्तो भेटघाट बढी हुने गरेको छ । युरोपियन युनियनका प्रतिनिधिसंगको भेटघाट पनि बाक्लै हुन्छ । पछिल्लो समय त चिनियाँ राजदूत र चिनियाँ प्रतिनिधि मण्डलसँड हाम्रा नेताहरुको भेटघाट बाक्लै छ । दूतावासले आयोजना गर्ने कार्यक्रममा नेपालका शिर्षस्थ नेता देखिउच्च पदस्थ व्यक्तिहरुको भेटघाट बाक्लिने गरेको छ । राजदुत संगको भेटघाटमा पुर्वप्रधानमन्त्री,न्यायधिसदेखि उच्च पदस्थ व्यक्तिहरु धाइरहेका छन् । राजदूतावासले आयोजना गरेको चियापान कार्यक्रममा पुग्ने नेताहरुको त कुरै नगरौं ।

यस्ता भेटघाट र कार्यक्रम कुटनीतिक मर्यादा विपरीत र प्रोटोकल मिचेर भइरहेका समाचारहरु बाहिरीरहेका छन् । यो दलका नेता र त्यो दलका नेता भन्ने छैन । प्राय सबै दलका सबै स्तरका नेता यस्ता घटनामा बारम्बार मुछिएका छन् । नेताहरुलाई यसलाई गौरव ठान्दै आएका छन् । तर यस्ता भेटघाटले नेपालको परराष्ट्र नीतिलाई कमजोर बनाउँदै लगेको जानकारहरुको विश्लेषण छ ।

राजदुतलाई भेट्न समेत नेपालका शिर्ष नेताहरु नै लालायित हुने गरेको देखिन्छ । राजदूतलाई मात्र होइन राजदूतावासका प्रतिनिधिलाई भेटन पनि नेताहरु त्यतिकै लालायित हुने गरेका छन् । गैरसरकारी संस्थाको कार्यक्रममा पनि नेताहरुको उपस्थिति त्यस्तै देखिन्छ । जसरी नेपालमा रहेका राजदुतहरुले नेपालका शिर्ष नेतृत्वसंग भेटघाटको सहज पहुँच राख्दछन् त्यसरी नेपाललाई प्रतिनिधित्व गर्ने राजदुतहरुले नगन्य अवसर प्राप्त हुने पुर्वराजदुतहरुको अनुभव छ । शक्तिशाली राष्ट्रका राजदुतहरु र नेपालका शिर्षस्थ नेताहरु बिच कुटनीतिक मर्यादा विपरीत सञ्चालन गरेका कार्यक्रम र भेटघाटलाई रोक्न परराष्ट्र मन्त्रालय सक्षम देखिएको छैन ।

राजदूत लगायत विदेशी पाहुनाले शीर्ष नेता र सरकारी प्रतिनिधिलाई भेट्न परराष्ट्र मन्त्रालयको अनिवार्य अनुमति लिनु पर्ने हुन्छ । तर, अनुमति बिनै खुलेआम भेट्ने र राजनीतिक टिप्पणी गर्ने गरिरहेका छन् । के विदेशमा रहेका नेपाली राजदूतहरुले पनि यसरी नै ति देशका शीर्ष नेताहरुसँग यसरी नै भेटघाट गर्ने र राजनीतिक टिक्काटिप्पणी गर्ने अवसर पाउँछन त ? पाइरहेका छन त ? पक्कै पनि पाएका छैनन । नेपालमा भने यसरी हुने परराष्ट्र मन्त्रालयको अनुमती बिना हुने भेटघाटले परराष्ट्र नीति कमजोर बनाइरहेको छ । यसले अन्र्तराष्ट्रिय शक्तिहरुको चलखेल बढाउन सहयोग पुग्ने जानकारहरु बताउने गरेका छन् । यस्ता चलखेललाई रोक्न राजनीतिक दलहरु तत्काल सचेत हुनुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);