अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न विदेशी नियोगलाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न विदेशी नियोगलाई प्रधानमन्त्रीको आग्रह

kp oli

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार राजधानी काठमाडौंमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उलंघन गर्दै नेपालको सार्वभौमिकता माथि नै आँच आउने क्रियाकलाप नहोस् भन्ने आफुले चाहेको बताउनुभएको छ । कुनै पनि मुलुक अरु मुलुकबाट हेपिन नचाहने उल्लेख गर्दै उहाँले नेपालले पनि त्यस्तो नहोस् भन्ने चाहाना राख्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “आज पोलिटकल डिप्लोमेसी मात्र छैन । पोलिटिकल डिप्लोमेसी भन्दा अगाडी इकोनोमी डिप्लोमेसी गैरहेको छ । यद्यपी हामी जस्ता अलिक साना देश अलि कमजोर देश, अलि पछाडी परेको देशलाई पोलिटिकल इकोनोमी पनि त्यत्तिकै आवश्यकता छ । हामी कुनै पनि राष्ट्र वास्तवमा हेपिन चाहँदैन । हेपिन मान्दैन । हामी पनि हेपिन चाहँदैनौ । र सार्वभौमसमानाताको आधारमा सम्बन्धहरु बन्छ । ती मान्यताका साथ अगाडी हामी जान्छौ । सार्वभौम समानता जहा हाम्रो सार्वभौम राष्ट्रका अर्थ र मर्महरुको सम्मान होस् अवश्य नै हामी एक्स्ट्रा डिप्लोमेटिक एक्टीभिटिज हाम्रा मित्रहरुबाट कसैबाट पनि नहोस भन्ने चाहन्छौ । ताकि हाम्रो सोभरेन्टी वा नेशनल प्राइडलाई अण्डरमाइन गरेको हामीले महसुस र्नुपर्ने स्थिति नहोस् । त्यो हामी चाहन्छौ ।”

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रनीति निर्माण र संञ्चालनमा यथासंभव साझा दृष्टिकोण बनाई अघि बढ्दा छिमेकी मुलुक लगायत विश्व समुदायको सद्भाव र सहयोग प्राप्त भई देश विकासको गतिलाई तिब्रता दिन सहज हुने बताउनुभयो ।

कार्यक्रममा आर्थिक कुटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरु, परिर्वतित भू–राजनीति, जलवायु परिर्वतन तथा श्रम आप्रवासका नवीन चुनौति र क्षेत्रीय तथा बहुपक्षीय मामिलाका विषयमा छलफल गरिएको थियो ।