नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारको विकास हुन थाल्याे : सिटौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारको विकास हुन थाल्याे : सिटौला

krishna-sitaula

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । मदन भण्डारीको ६८औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धति माथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताउनुभएको हो ।

सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एजेण्डामा वृहत सहमति हुन नसक्दा व्यवस्थामाथि नै चुनौति दिनेहरु बलियो भएर अनेक कोणबाट प्रहार हुन थालेको टिप्पणी गर्नुभयो । सरकार गठनको २ बर्षमा जनताको आकांक्षा सम्बोधन हुन नसक्दा तथा बहुदलिय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो “सरकारमथि मात्रै होइन पद्धति माथि नै ठूलो प्रश्न उठ्न थालेको छ । राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेका छन् । चाहे दक्षिणपन्थी कोणबाट होस् चाहे उग्रवामपन्थी कोणबाट होस् । फेरी पनि उठ्न थालेका छन् । नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय यो हो ।”

नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भएपनि वर्तमान अवस्थामा सरकार बाटो विराएजस्तो अवस्थामा देखिएको उल्लेख गर्दै उहाँले बाटो नबिराउन सचेत गराउनुभयो ।

कांग्रेसले विरोधका लागि विरोध गर्ने नभई सकारात्मक प्रतिक्षीको भुमिका निर्वाह गर्ने भन्दै उहाँले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुने बाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो “तपाईको आफ्नै पार्टीमा हुने खैला बैला बाहेक अन्य खैला बैलाले असर पार्छ जस्तो लाग्दैन मलाई ।” उहाँले सबै बर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरि संविधानले निदृष्ट गरेको लोकतान्त्रिक मुल्य र मान्यतामा रहेर काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);