जुर्मुराउन थाले राजावादी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुर्मुराउन थाले राजावादी

काठमाडाैं,१५ मंसिर। केही समयदेखि देशका विभिन्न भागमा राजतन्त्रको मुद्दा उठाउँदै जुलुसहरुको आयोजना हुन थालेको छ । नेपालले गणतन्त्रात्मक शासन ब्यवस्था अपनाए यता शासकहरुले जनताका चासोहरुमा ध्यान नदिनाले र जताततै बेथिती मात्रै दिक्क भएपछि जनतामै ब्यवस्था प्रति अनास्था बढ्दै गएको मौका छोपेर राजावादी शक्तीहरु चल्मलाउन थालेको प्रस्टै छ ।

मंसिरको पहिलो साता प्रदेश एकको राजधानी बिराटनगरबाट शुरु भएको राजावादीहरुको विरोध जलुस नेपालगञ्ज, पोखरा, बीरगञ्ज हुँदै रंघीय राजधानी काठमाण्डौ भित्रिएको छ । सोमबार राजधानीमा आयोजित ¥याली र त्यसमा भएको सहभागिताले पक्कैपनि राजावादी शक्तीलाई उत्साहित नै गरेको छ । जुलुसले ‘राजा जनता एक हौं’, ’राष्ट्रिय एकता कायम गर’ भन्दै नारा लगाएको थियो ।

जनताको दैनिकीसँग जोडिएका कतिपय बिषयलाई सम्बोधन गर्न सरकार सफल हुन नसकेकै कारण जनतामा बढी रहेको असन्तुष्टि कै विच राजावादीहरुले आयोजना गरेको यो विरोध जुलुसमा देखिएको जन सहभागिताले जनताको वर्तमान ब्यवस्था प्रति नै अनास्था बढ्दै गएको त हैन प्रश्न समेत उठ्न थालेको छ । त्यसमाथी सत्तारुढ दल नेकपाको नेतृत्व तहमा देखिएको कलह र प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेसको भुमिकाले पनि जनतामा एक प्रकारको आक्रोश उत्पन्न भएकै अवस्थामा राजावादीहरु सक्रिय भएका छन् ।

उनिहरुले आयोजना गरेका विरोध कार्यक्रममा उठ्ने गरेका मुद्दा समेत जनताको जन जिविकासँग जोडिएका कारण पनि जुलुसमा सत्तारुढ दल र प्रतिपक्षी दुवैप्रति वितृष्णा रहेको ठुलै समुहको संलग्नता राजावादीहरुले आयोजना गरेको जुलुसमा देखिनुले वर्तमान ब्यवस्थाकै निरन्तरता माथी समेत प्रश्न उठ्ने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);