सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको महतकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको महतकाे आरोप

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाउनुभएको छ । महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टी भित्रको सत्ता संघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उहाँले लगाउनुभयो ।

नेपाल सांस्कृतिक संघका पदाधिकारीहरुसँको अन्तरक्रियामा महतले पाँच महिना लामो लक डाउन र निषेधाज्ञा खुलेपनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताउनुभयो । उहाँले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेको समेत बताउनुभयो ।

प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरु आवाज सरकारसम्म पु¥याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाएपनि सरकारले आफ्नो कुरा सहज रुपमा नसुनेको बताउनुभयो ।

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरी आफ्नो सुरक्षा कवचका रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाउनुभयो ।

कांग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहनुभएका महतसँग सांस्कृतिक संघका पदाधिकारीहरुले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);