कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नवसी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नवसी स्थगित

nepali congress

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनको उम्मेदवारका बारेमा निर्णय गर्न विहीबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उहाँले बताउनुभयो । पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरि केन्द्रमा पठाउन निर्देशन गरेको थियो ।

तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ । प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ । पुन सिफारिस गरि पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);