नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज २ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज २ बजे बस्दै

congress meeting

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक आज दिउसो २ बजे वस्ने भएको छ ।

शनिवार दिउसो २ वजे वोलाइएको बैठक नेपाल विद्यार्थी संघको नारावाजीका कारण ५ मिनेट बसेर स्थगित भएपछि आजका लागि बैठक वोलाइएको हो । लामो रस्साकस्सीपछि नेविसंघलाई लिएर नेपाली कांग्रेसमा देखिएको विवाद समाधान उन्मुख भएको छ । तर नेविसंघको अधिवशेन हुने नहुने अझै अनिश्चित रहेको छ ।

नेवि संघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद सकिनु अघिल्लो दिन कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । शनिवार दिउसो बोलाइएको बैठकअघि दिनभर नेताहरु छलफलमा जुटेका थिए ।

छलफलपछि नेविसंघलाई लिएर देखिएको विवादमा दुई÷तीन महिना म्याद थपेर अधिवेशन गर्ने गरी सहमति जुटेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले जानकारी दिएका छन् । आजको बैठकवाट नेविसंघको म्याद माघ मसान्तसम्म थप गरिने उनहाले बताए ।