नेविसंघ १२ औं महाधिवेशन काठमाडौंमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेविसंघ १२ औं महाधिवेशन काठमाडौंमा हुँदै

nebisang

काठमाडौं, १२ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।

नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहित महाधिवेशनको कार्यतालिका तयार पारेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधि गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिए ।

पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२औं महाधिवेशन कात्तिक १६ देखि घोषण भएर पनि स्थगित भएको थियो । वर्तमान कार्यसमितिको बैधानिकता मंसिर २ गतेबाट सकिने भएपछि कांग्रेसले विधान नैं संशोधन गरेर बैधानिकता जोगाइ दिएको थियो ।

विधान संशोधन गरेर थप दुइ महिना अवधि पाएको नेविसंघको वर्तमान नेतृत्वले महाधिवेशनका सबै तयारी गरेको देखाएर थप समयमा भएपनि महाधिवेशन गर्नेगरी मिति तय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);